aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

प्रहरी हुँ भन्दै धाकधम्की दिने सुमन बस्नेत परे प्रहरी कै फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असार २०७९
Prabhu Bank
प्रहरी हुँ भन्दै धाकधम्की दिने सुमन बस्नेत परे प्रहरी कै फन्दामा
NIBL

रौतहट । आफू नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की देखाई सर्वसाधरणलाई दुस्ख हैरानी दिएको अभियोगमा चन्द्रपुर नगरपालिका ९ सिन्धुरेघारी टोल बस्ने ३२ वर्षीय सुमन बस्नेतलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

चन्द्रपुर नगरपालिका ४ स्थित राजमार्गका यात्रुलाई, सोही ठाउँस्थित चोकमा मानिसहरुलाई र स्थानीय होटलहरूमा एक व्यक्तिले अनावश्यक हैरानी दिइरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

उनी उपर अभद्र व्यबहार शीर्षक मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस