सामान्य अंकले नेप्सेमा गिरावट - Aarthiknews
aarthiknews.com मंगलबार, ०३ भदौ २०७६   Tuesday, 20 August, 2019
 

सामान्य अंकले नेप्सेमा गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
Sunrise bank
सामान्य अंकले नेप्सेमा गिरावट
LBEF
NCH-IPS

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । यस दिन नेप्स ४ दशमलव ८४ अंकले घटेर १२३३ दशमलव ७१ अंकमा झरेको छ । 

कुल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर ३१ करोड १७ लाख ५६ हजार ८५६ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका समूहमध्ये सात वटा समूहमा गिरावट आएको छ । समग्र परिसूचक नकारात्मक हुँदा पनि साल्ट सेड्रिङ कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी कमाएका छन् ।

यस कम्पनीको शेयर मूल्य ९ दशमलव ११ प्रतिशतले बढेको छ । त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरको मूल्य पनि ५ दशमलव ५५ प्रतिशतले बढेको छ ।  

यस दिनको कारोबारमा गुमाउने कम्पनीमा एनसीसी बैंक रहेको छ । सो कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।
 

प्रतिक्रिया दिनुहोस