एक्कासी कमलादीमा आगो दनदनी - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

एक्कासी कमलादीमा आगो दनदनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
Sunrise bank
एक्कासी कमलादीमा आगो दनदनी
LBEF
NCH-IPS

काठमाडौं । कमलादीस्थित सडक किनारामा रहेको बिजुलीका पोल तथा तारमा आगलागी भएको छ । दिउँसो सवा २ बजेतिर प्रज्ञा भवन पछाडिको सडक किनाराका पोलमा एक्कासी आगो दन्किएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार आगो ह्वार ह्वार्ती बल्न थालेपछि दमकललाई खबर गरिएको थियो । तीव वटा दमकलले समयमै आगो नियन्त्रण लिएका कारण नजिकै रहेको बिजुलीको ट्रान्सफर्मरसम्म आगो पुग्न सकेन जसले गर्दा गम्भीर दुर्घटना टरेको छ ।

आगो नियन्त्रण गर्न केही समय लागेका कारण त्यस क्षेत्रका ट्राफिक व्यवस्था अवरुद्ध भएको छ । बिजुली, टेलिफोन, इन्टरनेटलगायतका तारको गुजुल्टो एकै ठाउँमा रहेकाले आगो कसरी शुरु भयो भन्ने खुलेको छैन ।  

प्रतिक्रिया दिनुहोस