सूर्या लाइफकाे ७०% हकप्रद सेयर बिक्री खुला भदाैमा - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

सूर्या लाइफकाे ७०% हकप्रद सेयर बिक्री खुला भदाैमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
Sunrise bank
सूर्या लाइफकाे ७०% हकप्रद सेयर बिक्री खुला भदाैमा
LBEF
NCH-IPS

काठमाडौं  : सूर्या लाइफ इन्सुरेन्सले भदौ ८ गतेबाट ७०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १०ः७  अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । असोज १२ गतेसम्म यस हकप्रदमा आवेदन दिन सकिनेछ । 

यसमा साउन २८ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । यो हकप्रदमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । सूर्या लाइफले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुँजीको १०ः७ अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीले यही पुँजीबाट अघिल्लो वर्षको नाफाबाट १२% बोनस वितरण पनि गरिसकेको छ । १२% बोनस र ७०% हकप्रदपछि चुक्ता पुँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुग्नेछ । सूर्याले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रदको बाटो रोजेको हो । 

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्याको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

त्यस्तै, सूर्याको बिरगञ्ज, नारायणघाट, विराटनगर, धरान र बुटवल शाखाबाट पनि आवेदन दिन सकिने जनाएकाे छ । पोखरा, सुर्खेत र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिने व्यबस्था गरेकाे छ । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });