जलविद्युत लगानी तथा विकासको नाफा ३८ प्रतिशतले वृद्धि - Aarthiknews
aarthiknews.com सोमबार, ०२ भदौ २०७६   Monday, 19 August, 2019
 

जलविद्युत लगानी तथा विकासको नाफा ३८ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
Sunrise bank
जलविद्युत लगानी तथा विकासको नाफा ३८ प्रतिशतले वृद्धि
LBEF
NCH-IPS

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद मुनाफा १ अर्ब १२ करोड १४ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिभन्दा ३८ दशमलव ७३ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ८० करोड ८१ लाख रुपैयाँ कमाएको थियो ।
 
११ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको जलविद्युत लगानी तथा विकासले जगेडामा १ अर्ब ४० करोड २८ लाख रुपैयाँ छुटाएको छ । कम्पनीको सम्पत्ति १९ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

जसको प्रतिशेयर आम्दानी वार्षिक १० दशमलव १९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १५ दशमलव ७९ गुणा, प्रतिशेयर नेटवर्थ १०८ दशमलव ५० रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ११० दशमलव ४१ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस