नाफा बुक गर्न खोज्दा रसुवागढी र सान्जेनको शेयरमा पहिरो, विश्लेषक भन्छन–‘अझै घटछ’ - Aarthiknews
aarthiknews.com शुक्रबार, ०१ कार्तिक २०७६   Friday, 18 October, 2019
 
Bajaj_Bike

नाफा बुक गर्न खोज्दा रसुवागढी र सान्जेनको शेयरमा पहिरो, विश्लेषक भन्छन–‘अझै घटछ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
Sunrise bank
नाफा बुक गर्न खोज्दा रसुवागढी र सान्जेनको शेयरमा पहिरो, विश्लेषक भन्छन–‘अझै घटछ’
LBEF
NCH-IPS

काठमाडौं । लगानीकर्ताले नाफा बुक गर्न खोज्दा रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ । प्रतिकित्ता १ सय रुपैयाँमा किनेका लागनीकर्ताहरुले तीन महिनमै करिब तेब्बर नै नाफा कमाएपछि बिक्री गर्नेको चाप बढेको हो । दुवै कम्पनीका लगानीकर्ताले नाफा बुक गर्न खोज्दा शेयर मूल्य घटेको ब्रोकरहरु बताउँछन् ।

गत मंगलबारदेखि दुवै कम्पनीको शेयर कारोबार हुन थालेको थियो । रसुवागढीको प्रतिकित्ता २ सय ८७ रुपैयाँमा खुलेको २ सय ९४ रुपैयाँसम्म पुगेको थियो । त्यसपछि निरन्तर ओरालो लागेर गत साताको अन्तिम कारोबारका दिन बिहीबार २ सय १४ रुपैयाँमा कारोबार हुन पुगेको छ । २ सय ९४ रुपैयाँमा खरिद गर्नेले प्रतिकित्ता ८० रुपैयाँ गुमाइसकेका छन् । 

त्यसैगरी सन्जेनको पहिलो दिन प्रतिकित्ता २ सय ९२ रुपैयाँमा कारोबार भएको थियो । त्यस कम्पनीको पनि शेयर मूल्य घटेर २ सय १२ रुपैयाँमा आइपुगेको छ । यस कम्पनीको शेयर २ सय ९२ मा खरिद गर्नेले प्रतिकित्ता ८६ रुपैयाँ गुमाइसकेका छन् । दुवै कम्पनीका लगानीकर्ताले पहिलो दिन अर्थात गत मंगलबार नै शेयर बिक्री गर्न सकेको भए राम्रै मुनाफा पाउँथे । जति ढिलो बिक्री, त्यति धेरै नाफामा कम हुँदै आएको छ । 

ती दुवै कम्पनीको शेयर प्रतिकित्ता १00 रुपैयाँ मात्र परेकाले लगानीकर्तालाई नोक्सानी त छैन् । तर, बिक्री जति छिटो गर्न सक्यो त्यति धेरै नाफा गर्न सक्ने अवसर भने गुमाउँदै गएका छन् । रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनीको शेयर आइपिओमा खरिद गरेकाले अहिले बिक्री गर्दा पनि दोब्बर नाफा त हुन्छ । तर, ढिलो बिक्री गर्दा दिन प्रतिदिन आम्दानी गुमाउँदै गएका छन् । नेप्सेमा सूचीकृत धेरै जसो जलविद्युत् कम्पनीको शेयर आधार मूल्यभन्दा तल झरेकाले पनि लगानीकर्ताले नाफा बुक गर्न हतारिएको शेयर विश्लेषकको भनाइ छ ।

प्रतिफलको समय लम्बिने र आम्दानी संकुचन हुने भएकाले जलविद्युत् कम्पनीको शेयर खरिद गर्न लगानीकर्ता हच्किदै आएका छन् । रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनीको शेयर मंगलबारदेखि कारोबार भएको थियो ।

उक्त कम्पनीहरुको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार शेयर सूचीकृत गरेको थियो । सूचीकृत भएसँगै दोस्रो बजारमा शेयर कारोबार भएको हो । पहिलो कारोबार लागि रसुवागढी हाइड्रोपावर कम्पनीले ९७ रुपैयाँ २९ पैसादेखि २९१ रुपैयाँ ३२ पैसा सम्मको ‘रेन्ज’ पाएको थियो । साञ्जेन हाइड्रो पावरले ९६ रुपैयाँ ३२ पैसादेखि २८८ रुपैयाँ ९६ पैसाको रेन्ज पाएको थियो । यही मूल्यमा मंगलबार  ‘प्रि ओपन सेसन’मा पहिलो कारोबार भएको थियो । कम्पनीले सार्वजनिक शेयर निष्काशन गरेको तीन महिनापछि सोमबार दोस्रो बजारमा शेयर सूचीकरण भएको थियो । दुवै कम्पनीले गत वैशाखमा प्राथमिक शेयर निष्काशन गरेका थिए ।

गत आर्थिक वर्षमा सूचीकृत गर्दा नवीकरण शुल्क बच्ने भएकाले त्यस्तो उपाय खोजिएको थियो ।  तर, त्यसले लगानीकर्ताको शेयर कम्तीमा पनि दुई महिना बन्धक बनाएको थियो । साउन पहिलो सातादेखि प्रक्रिया शुरु गरेको कम्पनीले सोमबार नेपाल स्टक एक्सचेन्जमा कारोबारको सम्झौता गरेको थियो ।

रसुवागढीले वैशाख ६ गतेदेखि १२ गतेसम्म सर्वसाधारणको लागि ९३ लाख २९ हजार कित्ता शेयर निष्काशन गरी वैशाख १९ गते बाँडफाँड गरेको थियो । त्यस्तै सान्जेनले पनि सोही अवधिमा ४९ लाख ८२ हजार कित्ता शेयर निष्काशन गरेर बाँडफाँड गरेको थियो । चिलिमे जलविद्युत् कम्पनीले प्रवद्र्धन गरेको दुवै आयोजनाको निर्माण कार्य भइहेको छ । दुवै आयोजनाको निर्माण कार्य करिब ७५ प्रतिशत हुन लागेको आयोजनाको भनाइ छ । २५ प्रतिशत काम चालू आर्थिक वर्षभरीमा सक्ने योजना छ ।

कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाको लागि शेयर निष्काशन गर्न बाँकी छ । प्रभावित क्षेत्रका बासिन्दाले सर्वसाधारणतर्फको शेयर निष्काशन गरेपछि मात्रै प्रभावित शेयर निष्काशन गर्न अनुरोध गरेकाले शेयर निष्काशन हुन नसकेको हो । कम्पनीले केही समयमै प्रभावित शेयर निष्काशन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });