aarthiknews.com शनिबार, २८ साउन २०७९   Saturday, 13 August, 2022
 
British College
Blue Diamond

मेलम्चीमा यस पटक पनि बाढीको तनाब, मध्यराती बगायो पुल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ असार २०७९
nepalmegaschool
मेलम्चीमा यस पटक पनि बाढीको तनाब, मध्यराती बगायो पुल
LBF

काठमाडौं । अविरल वर्षाको कारण गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति गरेको छ । यस क्षेत्रमा बाढी बढेसँगै स्थानीयहरुमा त्रास बढाउको छ । बाढीको त्रासको कारण हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासीहरु सुरक्षित स्थानमा गएको खबर प्राप्त भएको छ ।

यद्यपी मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भने बाढी आएको भएता पनि स्थानीयहरुले घर नै छोड्नु पर्ने अवस्था भने नआएको बताए । अस्थायी पुल बगाएको कारण भोटेचौर तर्फ आवतजावत रोकिएको प्रमुख तामाङको भनाइ रहेको छ । 

मेयर तामाङले दिएको जानकारी अनुसार बाढीले मेलम्ची फट्टे दुवाचौर जाने अस्थायी पुल बगाएको छ । त्यसै गरी बहुनेपाटी तितेनी भोताङ खण्डको बागमार सञ्जेलटारमा पहिरो गई अवरुद्ध भएको सडक भने संचालनमा आएको छ । 

गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । 

अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ भने यसबाट ६ वडाका बासिन्दा प्रभावित भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस