सरकारी जग्गा कब्जा गरी धमाधम प्लटिंग - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
Bajaj_Bike

सरकारी जग्गा कब्जा गरी धमाधम प्लटिंग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
Sunrise bank
सरकारी जग्गा कब्जा गरी धमाधम प्लटिंग
LBEF
NCH-IPS

नापी र मालपोतको अभिलेखमा ‘वन क्षेत्र’ लेखिएको ११ रोपनी र ‘सार्वजनिक’ दुई रोपनी क्षेत्रफल जमिन भूमाफियाले कब्जा गरेका छन् । कब्जा गरिएको जमिन धमाधम प्लटिङ्ग हुँदैछ ।

धुलिखेल नगरपालिका वडा नम्वर १० साविक शारदा बतासे गाउँ पञ्चायत २ र गाविस कायम हुँदा वडा नम्वर ५ मा रहेको कित्ता नम्वर १५ को ११ रोपनी र सँगै रहेको सार्वजनिक २ रोपनी जमिन कब्जा गरी कित्ता नम्वर १४ मा मिसाएर प्लटिङ्ग गरिएको हो ।

कित्ता नम्वर १५ लाई कित्ता नम्वर १४ भित्रै पारी पास गरेका तत्कालीन वडा अध्यक्ष बलराम पराजुलीले विक्री गरेको २०–८–१–२ क्षेत्रफलको जमिन वडा कार्यालयको सिफारिसविना २२ रोपनी २ आना ३ दाम गरिएको छ ।

सार्वजनिक दुई रोपनी जमिन पुनः मालपोत र नापी कार्यालयको सहयोगमा पास गरिएको छ । पञ्चायत कालीन वडा अध्यक्षसमेत रहेका पराजुलीले २०७५ भदौ १४ गते सिन्धुली जिल्ला पुरानो झाँगाझोली वडा नम्वर ९ घर भएकी बविता खत्री, भोजपुर जिल्ला च्याँग्रे वडा नम्वर ६ घर भएकी झुमादेवी उप्रेती, काभ्रे धुलिखेल वडा नम्वर ८ साविक काभ्रे २ घर भएका विदुरबहादुर बस्नेत र धुलिखेल १२ शंखु घर भएका रवीन्द्र अधिकारीका नाममा सगोलनामा पास गरिदिएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ। 

प्रतिक्रिया दिनुहोस