aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

‘सार्वजनिक कार्यक्रममा समाचार संकलनमा रोक लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असार २०७९
nabil bank
‘सार्वजनिक कार्यक्रममा समाचार संकलनमा रोक लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
Global IME
LBF

काठमाडौं । नेपाल पत्रकार महासंघले सार्वजनिक कार्यक्रममा समाचार संकलनमा पत्रकारलाई रोक लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रहेको स्पष्ट पारेको छ । बिहिबार महासंघका महासचिव रोसन पुरीले एक विज्ञेप्ति जारी गर्दै यस्तो जनाएको हो । 

हिमालयन रि इन्स्योरेन्सले बुधबार आयोजना गरेको ‘हिमालयन रि इन्स्योरेन्स रेन्डेभोस २०२२’ कार्यक्रममा प्रेसलाई निषेध गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको समेत जनाएको छ । सार्वजनिक पद धारण गरेको उच्च पदस्थ व्यक्तिहरु सहभाती सार्वजनिक कार्यक्रममा समाचार संकलनका लागि पुगेका ५० भन्दा बढी पत्रकारलाई कार्यक्रम स्थलमा प्रवेश रोक लगाउनुका साथै कार्यक्रम स्थल प्रवेश गरिसकेका १० भन्दा बढी पत्रकारलाई आयोजक पक्षबाट बाहिर निकालिएको थियो । 

महासंघले विज्ञप्तिमा भनेको छ– सार्वजनिक निकायका कुनै पनि विषयमा पत्रकारलाई समाचार संकलन र सम्प्रषण गर्ने अधिकार संविधानले सुनिश्चित गरेको छ । यसलार्य बेवास्ता गर्दै उच्च पदस्थ सहभागी कार्यक्रममा पत्रकारलाई समाचार संकलनमा रोक लगाउनु, बलजफ्ती निकालिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै आपत्तिजनक काम हो । महासंघ प्रेसविरोधी यस्ता कार्यको कडा रुपमा भत्सर्ना गर्दछ । र, पत्रकार संवैधानिक अधिकारको सम्मान गरी यस किसिमका कार्यक्रममा निर्वाध र सहज पहुँचको व्यवस्था गर्न सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउँदछ ।  

प्रतिक्रिया दिनुहोस