aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी खड्का पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असार २०७९
nabil bank
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी खड्का पक्राउ
Global IME
LBF

काठमाडौं । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी रामेछाप लिखु तामाकोशी गाउँपालका ५ घर भई हाल काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७८ चैत ७ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा ४ दिन र १० लाख १२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं तीनकुनेबाट पक्राउ गरेको हो । 

खड्काले प्रभु बैंक लिमिटेड कोटेश्वर शाखाको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भनी जानी÷जानी पीडितलाई झुक्यानमा पारी चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

प्रतिक्रिया दिनुहोस