aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

आइएमई जनरल र चिरायु हस्पिटलबीच नगदसहित सेवा सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असार २०७९
nabil bank
आइएमई जनरल र चिरायु हस्पिटलबीच नगदसहित सेवा सम्झौता
Global IME
LBF

काठमाडाैं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्युट प्रालिबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्युट प्रालिका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्युट प्रालिबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने जनाएको छ । 

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्युट प्रालिले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आइजीआइ औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे । 
 

प्रतिक्रिया दिनुहोस