
काठमाडौं । बिहीवार कुल बजार पूँजीकरण एकै दिन रू. ६४ अर्ब ५१ करोड ७९ लाखले घटेको छ । अघिल्लो कारोबार दिन रू. २६ खर्ब ९९ अर्ब ६९ करोड ७५ लाख रहेको कुल बजार पूँजीकरण रकम बिहीवार भने रू. २६ खर्ब ३५ अर्ब १७ करोड ९६ लाख कायम भएको हो ।
यस दिन सर्वाधिक मूल्य घट्ने कम्पनीमा शिवश्री हाइड्रोपावर लिमिटेड रहेको छ । यस कम्पनीको शेयरमूल्य ९ दशमलव ५६ प्रतिशत अर्थात प्रतिकित्ता रू. २४ ले घटेर अन्तिम मूल्य रू. २२७ कायम भएको हो । त्यस्तै यस दिन लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको शेयरमूल्य पनि ९ दशमलव २१ प्रतिशत घटेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले घटेर अन्तिम मूल्य रू. २०७ कायम भएको हो । पछिल्लो समय नेप्से परिसूचक घट्दै जाँदा कम्पनीहरूको शेयरमूल्यमा पनि कमि हुदैं गएको छ । जसको असर कुल बजार पूँजीकरणमा परेको हो ।
प्रतिक्रिया दिनुहोस