aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

यस वर्षको भन्दा ७ अर्ब बढीको बजेट ल्याउँदै काठमाडौं महानगर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असार २०७९
nabil bank
यस वर्षको भन्दा ७ अर्ब बढीको बजेट ल्याउँदै काठमाडौं महानगर
Global IME
LBF

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरको चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको बजेट बिनियोजन गरिएको थियो ।   

आगामी आवका लागि चालु आवको भन्दा सात अर्ब भन्दा बढीको बजेट ल्याउन लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिईन् । आगामी आवको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने  पनि उनको भनाइ थियो ।  चालु आवमा जस्तै  भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धनजस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ । 

चालु आवमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा १० अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।  चालु आवकै बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रमा ५५ करोड रुपैयाँ, सामाजिक विकासमा दुई अर्ब ७० करोड रुपैयाँ, पूर्वाधार विकासमा १० अर्ब ८० करोड रुपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा एक अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । आगामी वर्षका लागि महानगरले शुक्रबार बजेट ल्याउन तयारी गरेको छ ।   

प्रतिक्रिया दिनुहोस