aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ आयोजना गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असार २०७९
nabil bank
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ आयोजना गर्दै
Global IME
LBF

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ आयोजना गर्ने भएको छ । मञ्चले यहि असार ११ गतले शनिबार उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो । 

राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगारकेष, नेपाल स्थित भारतीय राजदूतवासको समेत सहयोगमा ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ आयोजना गर्न लागिएको बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ । नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन नवप्रवर्तनकारीहरुलाई प्रोतसाहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । 

‘नेपाल स्टार्टअप फेस्ट २०२२’ मा स्टार्टअपले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् । स्टार्टअपहरुलाई लगानीका लागि आवेदन पेश गर्न २७ जेठसम्मको समय अवधि तोकिएकोमा देशभरबाट ३ सय बढी परियोजना प्रस्ताव आएको थियो । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुती गर्ने अवसर दिईनेछ भने पूँजी लगानीको अवसर पनि प्रदान गरिने जनाईएको छ । 

आयोजकका अनुसार यस कार्यक्रमबाट स्टार्टअपहरुलाई पूँजी तथा प्राविधिक सहयोग प्रदान गरिनेछ भने लगानीकर्तालाई उत्कृष्ठ परियोजनमा लगानी गर्ने अवसर दिइएको छ । स्टार्टअप फेस्ट मार्फत करिब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरिनेछ । यस्ता कार्यक्रमले स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरुलाई उत्साहित बनाउने आयोजकको विश्वास रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस