aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

अर्थमन्त्रीले ढाँटेपछि व्यवसायी फेरि आन्दोलित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असार २०७९
nabil bank
अर्थमन्त्रीले ढाँटेपछि व्यवसायी फेरि आन्दोलित
फाइल तस्विर
Global IME
LBF

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले व्यापारीसँग भएको सहमतिलाई उलंघन गरेपछि व्यापारीहरु पुन आन्दोलित भएका छन् । जेठ २७ गते पूर्वका उद्योगसँग २७ गते जेठ जीआई वायर, घ्यु, तेल तथा स्यानेटरी प्याडमा भन्सार बढाएर गल्ती गरेको र संसदबाट बजेट पास हुनेबित्तिकै सच्याउने प्रतिबद्धता जनाएका थिए ।

तर, तर, अहिले अर्थमन्त्री शर्माले त्रुटि सच्याउनुको साट्टो संरक्षित उद्योगसँग मिलेर अघि सारेर उद्योगीहरुलाई धोका दिएका छन्  । अर्थमन्त्रीले उद्योगीसँग गरेको सहमति पालना नगरेकाले पुन आन्दोलन गर्न परेको हुँलास वायरकी सञ्चालिका युक्ती गोल्छाले आर्थिकन्युज डटकमलाई बताइन । आज विहीबार पूर्वका अधिकांश औद्योगिक क्षेत्रहरुमा करिब १५ सय जति उद्योगहरुले अर्थमन्त्रीको राजीनामा माग गर्दै विरोध कार्यक्रम गरेका छन् ।

अर्थमन्त्रीले अहिले चालू आर्थिक वर्षको प्रतिस्थापन बजेटमार्फत बिलेटको भन्सार दर शून्यमा झारिदिएर दर्जनौ उद्योग संकटतर्फ धकेलेको भन्दै यता स्टिल उद्योगीहरु पनि आफ्ना विरोधका कार्यक्रम ल्याउने तयारीमा रहेको  नेपाल स्टील रोलिङ मिल्स एशोसिएशनको वरिष्ठ उपाध्यक्ष किरण साख बताउँछन् । 

अर्थमन्त्री पुरानै अवस्थामा फर्किएपछि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एक, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । 

तर, सरकारले त्यस्ता वस्तुको कच्चा पदार्थ आयात गर्दा लाग्दै आएको ५ प्रतिशत भन्सारलाई बढाएर १० प्रतिशत पुर्याएको र अन्तःशुल्क पनि २५ सयबाट बढाएर ४५ सय प्रतिटन पुर्याएको प्रतिआपत्ति जनाएका छन् । 

जीआई वायर प्रयोजनार्थ चाहिने उच्चकोटीको एमएस वायर रड नेपालमा कसैले पनि उत्पादन नगरेको गोल्छाको भनाइ रहेको छ । त्यस्तै, आगामी दिनमा उत्पादन गर्ने भनी त्यस्ता काल्पनिक उद्योगलाई संरक्षण गर्न कच्चा पदार्थमा १ प्रतिशत भन्सार शुल्क अन्तःशुल्क छुट, विद्युतमा १५ प्रतिशतसम्म छुट दिई वर्षौंदेखि सञ्चालनमा रहेका जीआई वायर र ग्याभिन उद्योग धरासायी पार्ने काम सरकारले गरिरहेकाले आन्दोलनमा उत्रेको गोल्छा बताउँछिन् । 
 

प्रतिक्रिया दिनुहोस