मलाई पक्राउ गर्न तयार रहनू : मन्त्री यादव - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

मलाई पक्राउ गर्न तयार रहनू : मन्त्री यादव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
Sunrise bank
मलाई पक्राउ गर्न तयार रहनू : मन्त्री यादव
LBEF
NCH-IPS

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफूलाई पक्राउ गर्नका लागि तयार रहन सर्लाहीका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० र प्रहरी प्रमुख (एसपी) लाई आग्रह गरेका छन्।
शनिबार सर्लाहीको दक्षिण–पश्चिम क्षेत्र स्थित गडहियाडुमरियामा आयोजित उखु किसानसँग अन्तरक्रियामा बोल्दै मन्त्री यादवले निकट भविष्यमा उखु किसानले चिनी उद्योगीबाट भुक्तानी नपाए आफू समेत किसानको नेतृत्व गरेर सडकमा उत्रने भएकाले त्यस्तो अवस्थामा पक्राउ वा अन्य कारबाही गर्नका लागि तयार रहन सिडिओ मोहनबहादुर जिसी र एसपी गोपालचन्द्र भट्टराईलाई व्यंग्यात्मक शैलीमा चेतावनी दिए।
‘वर्षौंदेखि उखुको पैसा नपाएर पीडित बनिरहेका किसानलाई निकट भविष्यमै चिनी उद्योगीले भुक्तानी नगरे म किसानसँगै सडकमा आउने छु’, मन्त्री यादवले छेउमै रहेका प्रजिअ र एसपीप्रति ईंगित गर्दै भने, ‘त्यस्तो अवस्थामा कानून विपरित भए किसान भन्दा पनि मलाई कारबाही गर्न तयार रहनुस्।’
मन्त्री यादवले कार्यक्रममा उपस्थित उखु किसानलाई ढाडस् दिँदै निकट भविष्यमै चिनी उद्योगीबाट उखुको पैसा भुक्तानी हुने आश्वासन दिए। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस