aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

घट्यो मोबाइलको आयात

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, ०९ असार २०७९
nabil bank
घट्यो मोबाइलको आयात
Global IME
LBF

काठमाडौं । मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल  आयात  भइरहेकामा  पछिल्ला  दुई  महिनामा भने यसको आयात घटेको हो ।

भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपियाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपियाँको मोबाइल आयात भएको थियो । सरकारले  वैशाख  दोस्रो  साता  छ  सय  डलरभन्दा  बढी  मूल्यका  मोबाइल  सेट  असारसम्म  आयात  गर्न  रोक  लगाएपछि  त्यसको असर देखिन थालेको हो । 

विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले उक्त मूल्य माथिका मोबाइलसहित अन्य नौवटा वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयपछि नेपालमा सबैभन्दा धेरै आयात हुने पाँचवटा वस्तुमध्ये पर्ने मोबाइलको आयात घटेको विभागको तथ्याङ्कले देखाउँछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस