स्कुटरको डिकीबाट नगद चोरी गर्ने पक्राउ - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
Bajaj_Bike

स्कुटरको डिकीबाट नगद चोरी गर्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ साउन २०७६
Sunrise bank
स्कुटरको डिकीबाट नगद चोरी गर्ने पक्राउ
LBEF
NCH-IPS

काठमाडौं । स्कुटरको डिक्कीमा राखेको नगद २ लाख रुपैयाँ चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  ललितपुर भैंसेपाटी बस्ने बाँके सितापुर नगरपालिका-३ खजुराका ३५ वर्षीय मोहन खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका-२५ भैंसेपाटी बस्ने ३० वर्षीय शिबराम आले मगरको स्कुटरको डिक्कीमा रहेको उक्त नगद साउन २० गते राति चोरी गरेको प्रहरीले जनाएको छ । अनुसन्धान गर्ने क्रममा चोरी गरेको रकममध्ये नगद ८९ हजार रुपैयाँ र मोवाईल २ थान सहित खत्रीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ । खत्रीलाई थप अनुसन्धान एवम् कारबाहीको लागि उक्त महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ ।
 

प्रतिक्रिया दिनुहोस