
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५३३ जनाको सवारी चालक अनुमतिपत्र गैरकानूनीरुपमा नविकरण गरेको पाईएको जनाएको छ । आयोगले मंगलबार उक्त संख्यामा सवारी चालक अनुमतिपत्र गैरकानूनीरुपमा नविकरण गरेको आरोपमा १७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति–पत्र एकान्तकुना ललितपुरका तत्कालीन कार्यालय प्रमुखहरु सम्बर बहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजय राज गिरीसमेत १२ जना कर्मचारी र ५ जना विचौलियाहरु समेत १७ जना विरुद्ध गैरकानूनी रुपमा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धि आरोप–पत्र दायर गरेको छ । सिन्धुली फोटोकपी सेन्टरका सञ्चालक बाबुराम शर्मासमेतले सेटिङमा विचौलियामार्फत सवारी चालक अनुमति पत्र जारी गर्ने गरेको भन्ने जानकारी आयोगमा परेको थियो ।
सोहि आधारमा अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय तत्कालीन कार्यालय प्रमुखहरु सम्बर बहादुर कार्की र राजुभाई कुस्माले सवारी चालक अनुमति–पत्रको नवीकरण गर्ने सम्बन्धमा गलत नियतले मातहतका कर्मचारीहरुलाई अख्तियारी प्रदान गरेको र मेकानिकल इन्जिनियर विजय राज गिरी, सहायक स्तर ९पाचौँ० कमल स्याङतान, सिनियर मेकानिक्स अच्युत प्रसाद फुयाल, कम्प्युटर अपरेटर ९करार सेवा० प्रकाश कार्की, कम्प्युटर अपरेटर ९करार सेवा० रेजु भट्टराई, कम्प्युटर अपरेटर ९करार सेवा० रोसन राजभण्डारी, कम्प्युटर अपरेटर ९करार सेवा० श्याम सुन्दर चौधरी, कम्प्युटर अपरेटर ९करार सेवा० लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर ९करार सेवा० माया सेठी, कम्प्युटर अपरेटर ९करार सेवा० रिचा श्रेष्ठ सो कार्यमा संलग्न रहेको पाईएको आयोगले जनाएको छ ।
उनीहरुले सवारी चालक अनुमति–पत्रको नवीकरण गर्ने सम्बन्धमा आफ्नो जिम्मेवारी अन्तर्गतको कार्य सम्पादन गर्न प्राप्त गरेको अख्तियारीको दुरुपयोग गरेका थिए । आर्थिक वर्ष २०७७/७८ र आव २०७८/०७९ को श्रावण र भदौ महिना गरी १४ महिनाको अवधिमा विचौलियाहरु हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धब बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यसमेतको मिलेमतोमा विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानूनी रुपमा नवीकरणको बाटोबाट ५३३ जना नयाँ व्यक्तिको नाममा जारी गरेर सरकारी कागजात सच्याई गैरकानूनी काम गरेको पाईएको आयोगको भनाई छ । उनीहरु विरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस