aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असार २०७९
nabil bank
व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ नाघ्यो
Global IME
LBF

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा चालु आवको ११ महिनामा १५ खर्ब ७७ अर्ब ३८ करोड ६० लाख रुपैयाँ व्यापार घाटा पुगेको देखिएको हो । गत वर्षको सोही अवधिमा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख रुपैयाँ नेपालले व्यापारघाटा व्यहोरेको थियो ।  

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म अर्थात ११ महिनामा नेपालले १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । 

त्यस्तै, यस अवधिमा १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।   
 

प्रतिक्रिया दिनुहोस