आइफोनको कमजोरी पत्ता लगाउनेलाई ११ करोड रुपयाँ पुरस्कार - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

आइफोनको कमजोरी पत्ता लगाउनेलाई ११ करोड रुपयाँ पुरस्कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ साउन २०७६
Sunrise bank
आइफोनको कमजोरी पत्ता लगाउनेलाई ११ करोड रुपयाँ पुरस्कार
LBEF
NCH-IPS

एजेन्सी । चर्चित मोबाइल फोन उत्पादक कम्पनि एप्पलले आफुले उत्पादन गरेको आइफोनमा खराबी पत्ता लगाउनेलाई दशलाख अमेरिकी डलर अर्थात् ११ करोड ३० लाख नेपाली रुपयाँको पुरस्कार घोषणा गरेको छ ।  उसले त्यो रकम साइबर सेक्युरिटी रिसर्चको नाममा छुट्याएको हो ।  

समाचारहरुमा जनाइए अनुसार ह्याकरबाट आफ्नो उत्पादनलाई बचाउनकोलागि घोषणा भएको यो रकम अहिलेसम्मको सबैभन्दा ठुलो राशी हो । कतिपय मुलुकहरुमा त्यहाँको सरकारले पत्रकार तथा मानव अधिकारबादीको मोबाइलमा गर्ने जासुसी बढिरहेको बेला यस्तो घोषणा उत्पादक कम्पनीले गरेको छ ।

यसअघी यस्तै प्रकारको अनुसन्धानको लागि केवल दुई लाख अमेरिकी डलरको मात्र राशी घोषणा भएको थियो । बिहिबार लासएन्जल्समा गरिएको यो घोषणा संगै म्याक सफ्टवेरमा पनि कमजोरी पत्ता लगाउनेलाई पुरस्कार दिने कम्पनीले जनाएको छ ।

स्मरण रहोस्, एनएसओ ग्रुप नाम गरेको एक इजरायली निजी कम्पनीले विभिन्न देशका सरकारलाई ह्याकिंग प्रविधि र क्षमता बिक्रिगर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });