aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

महालक्ष्मी लाईफको साइन्स अफ सेल्स प्रशिक्षण कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असार २०७९
nabil bank
महालक्ष्मी लाईफको साइन्स अफ सेल्स प्रशिक्षण कार्यक्रम सम्पन्न
Global IME
LBF

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आषाढ ४ गते काठमाण्डौमा ‘साइन्स अफ सेल्स’ सम्बन्धी एक दिने प्रशिक्षण  कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश अन्तर्गतका शाखा रउपशाखाको अभिकर्ताहरुलाई विक्रि कला सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले मित्रपार्क स्थित गोल्डेन लाईट पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । ३ सयभन्दा बढी अभिकर्ता र एजेन्सी म्यानेजर, शाखारउपशाखा प्रमुख र प्रधान कार्यालयका उच्च पदस्थ अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा सहभागिता रहेको थियो । 

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सहभागिहरुको स्वागत गर्दै कार्यक्रमको महत्व माथि प्रकाश पारे । लाईफ चेन्जर मोटिभेसनल प्रशिक्षक राजावाबु साहले जीवन बीमामा संभावित वीमितको पहिचान, उनीहहरुसँग गरिने व्यवहार, विक्रि कार्यलाई सफल कार्यान्वयन गर्ने बारेमा प्रशिक्षण दिनु भएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सफल अभिकर्ता हुन र बीमा व्यवसाय प्रबर्द्धन गर्न चाल्नु पर्ने कदम बारेमा प्रशिक्षण दिए । 

बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल, प्रशान्तराज धमला र प्रबन्धक सिताराम धिमालको समेत उपस्थिति रहेको कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले धन्यवाद ज्ञापन गरे । कार्यक्रमको संचालन कम्पनीका वागमती क्षेत्रिय प्रमुख राम प्रसाद भुसालले गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस