aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

विद्युतीय सवारी साधन खरिदकर्तालाई राहत, वृद्धि गरिएको कर तत्काल लागू नगर्न परमादेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ असार २०७९
nepalmegaschool
विद्युतीय सवारी साधन खरिदकर्तालाई राहत, वृद्धि गरिएको कर तत्काल लागू नगर्न परमादेश
LBF

काठमाडौं । विद्युतीय सवारी साधन खरिदकर्तालाई राहत भएको छ । सरकारले  विद्युतीय सवारीमा बढाएको कर तत्कालका  लागि लागू नगर्न सरकारका नाममा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले यस्तो परमादेश जारी गरेको हो। 

प्रदूषण त्यसले पारेको प्रभावको विषयलाई ध्यान दिनुपर्ने र आवश्यक उपायहरु अपनाएर यसलाई कम गर्नुपर्ने माग गर्दै विद्युतीय सवारीको प्रयोगका लागि आवश्यक वातावरण सिर्जना गर्नुपर्ने माग गर्दै दायर गरेको रिटको सुनुवाइ गर्दै यस्तो परमादेश जारी गरेको छ ।

फैसलामा नेपालमा जलविद्युतको सम्भावना भएकाले विद्युतीय गाडीमा कर नबढाई राष्ट्रिय हितअनुकुल स्रोत साधनको संरक्षण, सम्बर्द्धन र वातावरण अनुकूल दिगो रुपमा उपयोग गनुपर्ने सर्वोच्चले जारी गरेको परमादेशमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस