सिक्री थुत्ने तीनजना प्रहरीको कब्जामा - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

सिक्री थुत्ने तीनजना प्रहरीको कब्जामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
Sunrise bank
सिक्री थुत्ने तीनजना प्रहरीको कब्जामा
LBEF
NCH-IPS

काठमाडौका विभिन्न स्थानहरुमा पैदल हिडिरहेका  महिलाहरुले घाँटीमा लगाएका सुनका सिक्री तानी लुटी भाग्ने ३  जनालाई प्रहरीले पक्राउ गरेको छ ।  केही दिन यता मोटरसाइकल सवार व्यक्तिहरुले यस्तो घटना घटाई फरार भएको भन्ने मौखिक उजुरी तथा जाहेरीको आधारमा खोजतलास गर्गदा उनीहरु पक्र्नराउ परेका हुन् ।

काठमाडौ प्रहरी परिसरवाट खटीएको विशेष प्रहरी टोलीले शुकबार गते काठमाडौको वसुन्धरा तथा ललितपुरका विभिन्न स्थानवाट उनीहरुलाई विभीन्न दशिका सामान र वा २९ प ७२७६ नम्बरको पल्सर मोटरसाइकल सहित पक्राउ गरेको हो ।

 पक्राउ मध्ये टम वहादुर सुनुवार र टलक वहादुर रायमाझी विगतमा पनि यस्तै घटनामा ३ वर्ष जेल सजाय भुक्तान गरी वाहिर निस्कि पुन उहि अपराधिक काममा फर्किएको देखिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका व्यक्तिहरुसंग अनुसन्धान गर्ने क्रममा १० जना भन्दा वढी  व्यक्तिहरुको घाँटीमा लगाएका सुनका सिक्रीहरु विभिन्न मितिमा लुटी विक्रि वितरण गरेको स्विकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस