सैनिक कल्याणकारी कोषको सम्पत्ति ४४ अर्ब - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

सैनिक कल्याणकारी कोषको सम्पत्ति ४४ अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
Sunrise bank
सैनिक कल्याणकारी कोषको सम्पत्ति ४४ अर्ब
LBEF
NCH-IPS

काठमाडौं । नेपाली सेनाले बहालवाला एवं अवकाशप्राप्त सैनिक र तिनका परिवारका लागि व्यावसायिक कृषि तथा पशुपालन तालिम प्रदान गर्ने भएको छ ।

शुक्रबार सैनिक मुख्यालय जंगीअड्डामा कल्याणकारी योजना निर्देशनालयले गरेको पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी कोषअन्तर्गत् कृषि तथा पशुपालन तालिम दिन लागिएको जानकारी दिइयो ।

लमजुङस्थित सिउँडीबारमा आउँदो भदौ २ गतेदेखि तालिम सन्चालन गर्ने निर्देशनालयका प्रमुख सहायक रथी सागरबहादुर केसीले जानकारी दिए ।

वार्षिक १२० जनालाई निःशुल्क तालिम उपलब्ध गराउनुका साथै छोटो अवधिको कृषिसम्बन्धी व्यावसायिक तालिमका लागि चारजनालाई जापान पठाउने र ४० जनालाई जापानी भाषाको तालिम दिइरहेको उनले बताए ।

यस्तै, बहालवाला सैन्य परिवार र एकल महिला गरी १० जनालाई स्वरोजगार बनाउन भारतका विभिन्न सहरमा परिकारसम्बन्धी तालिम जारी रहेको छ ।

सहायक रथी केसीले विकास निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ उत्पादनमा आत्मनिर्भर बनाउन इमल्सन प्लान्टको क्षमता वृद्धि गरेको जानकारी दिए ।

उनले भूकम्पपीडितका लागि सुलभ कर्जा वितरणसमेत गरेको जानकारी दिए ।

कोषको एक करोड ५१ लाख रुपैयाँमात्र अतिजोखिममा रहेको भन्दै सहायक रथी केसीले लगानी गरेको रकमसहित ४४ अर्ब २१ करोड ९० लाख ४० हजार रुपैयाँ कोषको यथार्थ सम्पत्ति रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस