aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असार २०७९
nabil bank
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता
Global IME
LBF

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको सम्झौता भएको छ । बिहीबार बिहान होटल याक एण्ड यतीमा दुबै बैंकले एक वित्तीय संस्था बनाएर कारोबार गर्ने गरी मर्जरको सम्झौता गरेका हुन् ।  

बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले दिएको जानकारी अनुसार दुबै बैंकले एक हुने सम्झैतापत्रमा हस्ताक्षर गरेका छन् । आज भएको सम्झौता अनुसार एकिकृत बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत ग्लोबल आइएमई बैंकको भागमा परेको छ भने डिपुटी सिईओ बैंक अफ काठमाण्डूले पाउने भएको छ । 

बैंकको नाम के राख्ने भन्ने विषयमा टुंगो लागि नसकेको बैंक अफ काठमाण्डूका श्रेष्ठले जानकारी दिए । साथै उनले स्वाप रेसियो १ः१ रहने गरि सम्झौता भएको समेत बताएका छन् ।    

यो पनि पढ्नुहोस् : 

मर्जरको लागि पार्टनर खोज्दै बैंक अफ काठमाण्डू, ग्लोबल आइएमईसँग कुरा मिल्ने अधिक सम्भावना 

बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकबीच मर्जर पक्का, पुससम्ममा मर्ज प्रक्रिया सक्ने तयारी

 

प्रतिक्रिया दिनुहोस