गुठीको ५५५ बिघा हिनामिना - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

गुठीको ५५५ बिघा हिनामिना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
Sunrise bank
गुठीको ५५५ बिघा हिनामिना
LBEF
NCH-IPS

सिन्धुलीका चारवटा गुठीका पाँच सय ५५ बिघा जमिन व्यक्तिका नाममा दर्ता गरिएको छ ।

सिद्घेश्वर (कमलामाई) गुठीको ११ बिघा, मीमेश्वर राजगुठी (अधीनस्थ) को चार सय १८ बीघा, भीमेश्वर सदाबर्त(जलकन्या) गुठीको ६८ बीघा र कुशेश्वर–दुम्जा (झाँगाझोली रातमाटा) गुठीको ५८ बीघा व्यक्तिको नाममा रजिस्ट्रेसन पास गरिएको हो ।

जिल्ला मालपोत कार्यालयका अनुसार सिद्घेश्वर गुठीको ११ बीघा एक सय ५० व्यक्तिका नाममा दर्ता गरिएको छ ।

भीमेश्वर राजगुठीको चार सय १८ बीघा ४६ जनाका नाममा, भीमेश्वरकै सदावर्त जलकन्या गुठीको ९ जनाका नाममा र कुशेश्वर महादेव गुठीको ५८ बीघा ७६ जनाका नाममा दर्ता गरिएको छ ।
मालपोत अधिकृत तारा नेपालीका अनुसार २०३७ सालअघि सबै जग्गा गुठीकै नाममा दर्ता भएपनि मोही परिवर्तन हुँदा व्यक्तिका नाममा पास हुँदै आएको हो ।

२०३७ सालमा सिद्घेश्वरस्थित कमलामाई गुठीका १६ जना मोही थिए । २०७५ सालमा त्यो जग्गा रैतान गराई एक सय ५० जनाले आफ्नो नाममा बनाएका थिए । यो समाचार आजको अन्नपूर्ण पोष्ट  दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस