पूँजी बजारको इतिहासमै अनलाइनमार्फत उच्च कारोबार - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

पूँजी बजारको इतिहासमै अनलाइनमार्फत उच्च कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
Sunrise bank
पूँजी बजारको इतिहासमै अनलाइनमार्फत उच्च कारोबार
LBEF
NCH-IPS

काठमाडौं । नेपालको पूँजी बजारको इतिहासमै कारोबारको अन्तिम दिन  बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै सङ्ख्यामा कारोबार भएको छ ।
कुल २९ हजार ४९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार ५४२ कित्ता शेयर खरिदबिक्री भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।
कारोबार सङ्ख्याका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको थियो । सो कम्पनीको कारोबार सङ्ख्या १२ हजार ५०९ रहेको छ । 
यस्तै साञ्जेन जलविद्युत् कम्पनीको कारोबार सङ्ख्या पनि उल्लेख्य रहेको थियो । साञ्जेनको कारोबार सङ्ख्या ११ हजार ९९१ रहेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस