एलआइसी नेपालको साधारणसभा शुक्रबार - Aarthiknews
aarthiknews.com मंगलबार, ०३ भदौ २०७६   Tuesday, 20 August, 2019
 

एलआइसी नेपालको साधारणसभा शुक्रबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
Sunrise bank
एलआइसी नेपालको साधारणसभा शुक्रबार
LBEF
NCH-IPS

काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरेशन (एलआइसी)नेपाल) को साधारणसभा शुक्रबार  २४ गते  हुने भएको छ ।  कम्पनीको १७ औं वार्षिक साधारणसभामा ७० प्रतिशत लाभांश र अन्य विविध प्रस्ताव पेश हुँदै छन् ।

 कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो लाभांश साउन ८ गते बुधबारसम्म कायम सदस्यहरुले मात्र पाउने भएका छन् । कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन ९ गतेदेखि बुक क्लोज गरेको छ । 

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो । बोनसपश्चात भने बीमा समितिले तोके बमोजिम चुक्तापूँजी पुग्ने देखिन्छ । प्रस्तावित ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ९९ लाख ५९ हजार रुपैयाँ पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस