नेप्से ९ अंकले घट्यो, कारोबार ४५ करोड - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

नेप्से ९ अंकले घट्यो, कारोबार ४५ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
Sunrise bank
नेप्से ९ अंकले घट्यो, कारोबार ४५ करोड
LBEF
NCH-IPS

काठमाडौं । साताको अन्तिम कारोबार बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९ दशमलव ९२ अंकले घटेर १ हजार २ सय ३८ दशमलव ५६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ९६ अंकले घटेर २ सय ६८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ६६ कम्पनीको १८ लाख ७७ हजार ५४२९ कित्ता शेयर खरिदबिक्री भई ४५ करोड ४६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी रसुवागढी हाइड्रोापावरको भएको छ । जसको कारोबार आज ९ करोड ७६ लाख ९९ हजार रुपैयाँ बराबरको भएको छ । 

यस दिन सर्वा्िधक कमाउनेमा सपोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ७१ प्रतिशतले बढेको छ । साथै सर्वा्िधक गुमाउनेमा रसुवागढी हाइड्रोापावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ७० प्रतिशतले घटेको छ । 

यस दिन १२ वटा उपपरिसुचकहरुमा सबैभन्दा समुहहरुमा रातामै छाएका छन् । सबैभन्दा बढी घट्नेमा निर्जीवन बीमा कम्पनी रहेको छ । जसको ७५ दशमलव ४३ अंकले घटेको छ ।
 

प्रतिक्रिया दिनुहोस