कश्मीर घटनाबारे भारतले नेपाललाई औपचारिक जानकारी गराए - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

कश्मीर घटनाबारे भारतले नेपाललाई औपचारिक जानकारी गराए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
Sunrise bank
कश्मीर घटनाबारे भारतले नेपाललाई औपचारिक जानकारी गराए
LBEF
NCH-IPS

काठमाडौं । भारत सरकारले कश्मीर घटनाबारे नेपाल सरकारलाई औपचारिक जानकारी गराएको छ । काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका छन् ।

त्यसैगरी नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यलाई मन्त्रालयमा बोलाएर परराष्ट्र सचिवले घटनाबारे जानकारी गराएका हुन् । परराष्ट्रमन्त्री ज्ञवालीले छिमेकी राष्ट्रले आफ्ना मुलुकमा भएका घटनाको बारेमा जानकारी गराउनु सामान्य भएको प्रतिक्रिया दिएका छन् ।

भारतको संविधानमै जम्मू कश्मीरलाई दिएको विशेष अधिकार हटाउने निर्णय केही दिनअघि सरकारले गरेको थियो । राष्ट्रपतिले त्यस्तो निर्णय कश्मीरको विधान सभाको सहमतिमा मात्र गर्न सक्ने व्यवस्था संविधानमा छ ।

प्रतिक्रिया दिनुहोस