aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

गार्मेन्ट उद्योग धरासयी बन्नुमा सरकारी नीति बाधक, १२ सय उद्योगबाट ४९ मा सिमित

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • आइतबार, २२ जेठ २०७९
nabil bank
गार्मेन्ट उद्योग धरासयी बन्नुमा सरकारी नीति बाधक, १२ सय उद्योगबाट ४९ मा सिमित
Global IME
LBF

काठमाडौं । पछिल्लो समयमा (नेपालमा तयारी पोसाक उद्योग) गार्मेन्ट उद्योगको अवस्था धरासयी बन्दै गएको छन् । दुई दशकअघि १२ अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा रहेका १२ सय गार्मेन्ट उद्योग हाल ४९ वटामा सिमित भएका छन् ।  

नेपाली तयारी पोसाक संघका अनसार हाल सञ्चालनमा रहेका गार्मेन्ट उद्योेग पनि धरासयी बन्दै गएका छन् । विगतका दिनमा १० लाख मानिसलाई रोजगारी दिएको गार्मेन्ट उद्योगहरुमा हाल करिब ४ हजार मानिसले प्रत्यक्ष रुपमा रोजगारी पाएको तयारी पोशाक संघले जनाएको छ । 

विगतका दिनहरुमा १० लाखलाई रोजगारी दिई वार्षिक ४० करोड डलरसम्मको निर्यात भएकोमा हाल ५ करोड डलरभन्दा कममा खुम्चिएको तयारी पोशाक संघका अध्यक्ष चण्डिप्रसाद अर्याल बताउँछन । 

संघले शक्रबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष अर्यालले यस्तो बताएका हन् । उनले भने, ‘सरकारको नीतिका कारण गार्मेन्ट उद्योगहरु धरासयी बन्दै गए । धेरै उद्योगहरु बन्द भएका छन् । हामीेले आन्तरिक बजारमा निर्यात गर्ने होइन । बाहिरी देशमा हो । धेरै देशहरुसँग प्रतिस्पर्धा गर्नुपर्छ हामी प्रतिस्पर्धामा आउन सकेनौं ।’ 

यसका साथै सरकारले बजेटमा घोषणा गरेको निर्यात अनुदानमा पनि अन्योलता सिर्जना गरिदिएको संघले जनाएको छ । संघले शक्रबार गरेको पत्रकार सम्मेलनमा उच्च निर्यातमा भएको वस्तुको अनुदानमा ल्याएको नीति स्पष्ट नभएको जनाएको हो । 

संघका महासचिव अशोककुमार अग्रवालले पनि बजेटमाफर्त ल्याइएको निर्यात अनुदान विभेदपूर्ण रहेको बताएका छन् । उनले भने, ‘सरकारले निर्यात क्षेत्र विस्तारका लागि दिर्घकालिन योजना मात्र ल्यायो । कार्यान्वयन गर्न सकेन । निर्यात क्षेत्र खम्चिनको कारण सरकारको ध्यान नपुग्नु हो । सरकारले यसअघि उच्च निर्यात वस्तुमा ३ रूपैयाँदेखि ५ प्रतिशत अनुदान दिँदै आएको थियो । तर, नयाँ व्यवस्था अनुसार ८ प्रतिशत नगद अनुदान बनाए पनि तयारी पोशाकमा भने मौन देखियो ।’

राष्ट्र बैैंकले गार्मेन्ट उद्योगलाई कोरोना महामारी पछि अति प्रभावित क्षेत्रको रुपमा घोषणा गरेपनि सरकारबाट कुनै पनि राहतको प्याकेज नआएको उनले गुनासो गरे । उनले भने, ‘विगतका दिनमा ४५ करोड डलरसम्मको निर्यात गरेको हामीसँग इतिहास छ । राष्ट बैैंकले अति प्रभावित क्षेत्रको रुपमा घोषणा गरेपनि सरकारले तयारी पोसाकको निर्यात क्षेत्रको विषयमा छलफल नै गरेन ।’

‘विश्व बैंक नेपालको २०२१ को प्रतिवेदन अनुसार १ अर्ब २० करोड अमेरिकी डलर बराबरको निर्यात गर्ने सम्भावना रहेको छ । निर्यात छुट्टै बास्केटको भूमि हो । आन्तरिक खरिद बिक्री मात्र होइन । यो करालाई बुझ्न सक्ने देश हुनपर्यो’, उनले भने । 

आर्थिक वर्ष २०७९÷८० को बजेटमा उच्च निर्यात सम्भावना भएका क्लिङ्कर, सिमन्ट, स्टील, फुटवयर, प्रशोधित पानी लगायतका वस्तुहरू र सूचना प्रविधिमा आधारित सेवाहरु पहिचान गरी प्रवद्र्धन गरिने र त्यस्ता वस्तुको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरिएको  छ ।

विशेषत सामूहिक बन्दरगाहसम्मको पहुँचताको अभाव, चर्को बैंक ब्याजदर, नेपाली श्रमिकको न्यून उत्पादकत्व, उच्च श्रमिक लागत आदिका कारण अन्तर्राष्ट्रिय बजारमा कोभिड–१९ पूर्व नै नेपाली तयारी पोशाक २६ प्रतिशतभन्दा बढी दरले महंगो हुन गएको र न्युन प्रतिस्पर्धात्मक क्षमतामा उद्योग सञ्चालन गर्न बाध्य भएको संघले जनाएको छ । 

संघका अनुसार बजारमा ६ खर्बको बराबरको तयारी पोशाकको माग छ । तर ५० अर्ब रुपैयाँ रुपैयाँ बराबरको उत्पादन गर्ने क्षमता भएपनि उत्पादन हुुन सकेको छैन । उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु पनि बाहिरी देशहरुबाट नै आयात गर्नुपर्ने हुन्छ । 

गार्मेन्ट निर्यातमा अन्य देशहरुसँग प्रतिस्पर्धा गर्न नसकेका कारण पनि अमेरिकामा निर्यात गर्न नसकेको अध्यक्ष अर्यालको भनाई छ । उनले भने, ‘अमेरिकाले गार्मेन्ट निर्यातमा कोटाको पोलिसी ल्यायो । २००५ देखि व्यापार खुला भएको थियो । अन्य देशका उद्योगहरु प्रतिस्पर्धामा आए । हामी प्रतिस्पर्धामा जान सकेनौं । हामीले कम गणस्तरको वस्त निर्यात गरेको होइन । हाम्रो निर्यात कम हुनमा प्रतिस्पर्धा गर्न नसक्नुु हो ।’

‘२००५ मा बंगलादेश, चीन, मकाउ लगायतका धेरै देशहरु प्रतिस्पर्धामा थिए । उनीहरुले पहिले नै प्रि प्लान गरेर प्रतिस्पर्धामा गए । तर हामीले सम्बन्धित निकायमा पटक पटक यी करा राख्दा पनि सुनुवाइ भएन’, उनले भने । कुनै बेला नपालबाट विश्वका धेरै मुलुकमा खर्बौको गार्मेन्ट निर्यात हुने गरेको थियो । 

हाल सञ्चालनमा रहेका गार्मेन्ट उद्योगहरु 
एसी गार्मेन्ट, अमरदिप गार्मेन्ट इन्डष्ट्रिज, अन्नपुर्ण निटिङ इन्डष्ट्रिजm, एएनएस निटिन प्रालि, अनजित एपिअर्स प्रालि, अनजित एपिअर्स इन्डष्ट्रिज, विद्या एपिअर्स प्रालि रहेका छन् । त्यस्तै, बिनिता फेसन इन्डष्ट्रिज प्रालि, ब्ल्याक फेसन इन्डष्ट्रिज प्रालि, डीकेबी फेसन इन्डष्ट्रिज प्रालि, देउराली गार्मेन्ट, इगल फेसन इन्डष्ट्रिज प्रालि छन् । 

त्यसैगरी, गोल्डेन फेसन,हेरिटेज फेसन, हिमालयन कटन एण्ड इन्डष्ट्रिज प्रालि, हिमालयन निट वयर, इन्टरपयर फेसन जे एण्ड डी अपेरियल्स, जम्फा निटिन इन्डष्ट्रिज, जेशन इन्टरनेशनल ग्रुप प्रालि, काठमाडौं स्टार फेशन प्रालि, लोगो फेशन इन्डष्ट्रिज प्रालि, एमए गार्मेन्ट, एनएस एक्पोर्ट, नमस्ते निट फेशन छन् भने नसिब गार्मेन्ट उद्योग नेचुरल गार्मेन्ट उद्योग, नेपाल एपियर्स प्रालि, नेपाल फेशन प्रालि, नेपलिज क्लोथिङ प्रालि, ओराकल फेशन प्रालिm पुजा फेशन प्रालि, प्रधानानग अपेयिल्स इन्डष्ट्रिज, पियोर क्लोथिङ, आरएस ह्यान्डी क्राफ्ट एक्पोर्ट सञ्चालनमा रहेका छन् ।

त्यस्तै, सांग्रिला रेडिमेट इन्डष्ट्रिज प्रालि, शेर्पा एडभेञ्चर गिअर प्रालि, शेर्पा आउटडोर एक्पोर्ट स्पोर्ट इन्डष्ट्रिज,शिव ओम फेशन, शिव शक्ति गार्मेन्ट प्रालि, श्रमन अपेरियल्स स्नेहा अपेरियल्स,  टे«न्स ट्रिप गार्मेन्ट इन्डष्ट्रिज, त्रिकोर्ट इन्डष्टिज प्रालि, युनक फेशन, युनाइटेड क्लोथिङ  कम्पनी युनाइटेड फेशन, युनाइटेड फेशन निटिङ इन्डष्ट्रिज प्रालि युएसएफ कलेक्शन नेपाल र यती ल्याण्ड प्रालि सञ्चालनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस