मोटरसाइकलपछि ‘पठाओ’को सेवा अब ट्याक्सीमा, जहाँ बोलायो त्यहाँ टुप्लुक्कै - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

मोटरसाइकलपछि ‘पठाओ’को सेवा अब ट्याक्सीमा, जहाँ बोलायो त्यहाँ टुप्लुक्कै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
Sunrise bank
मोटरसाइकलपछि ‘पठाओ’को सेवा अब ट्याक्सीमा, जहाँ बोलायो त्यहाँ टुप्लुक्कै
LBEF
NCH-IPS

काठमाडौं । सेवाग्राहीलाई मोटरसाइकलमार्फत सहज सेवा दिँदै आएको राइड सेयरिङ एप ‘पठाओ’ले शुक्रबारदेखि काठमाडौंमा ट्याक्सीमार्फत पनि सेवा दिने भएको छ ।  यसअघि मोटरसाइकको सेवा लिएजस्तै शुक्रबारदेखि ट्याक्सीलाई पनि  सेवाग्रहीले आफूले चाहेको स्थानमा बोलाउन सकिने व्यवस्था पठाओले गरेको हो । 

काठमाडौं उपत्यकाभित्रका जुनसुकै स्थानमा यात्रुलाई सेवा दिने उद्देश्यका साथ पठाओले दुई सयभन्दा बढी ट्याक्सी सञ्चालनमा ल्याएको कम्पनीका मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन । उनले भनिन्–‘काठमाडौं उपत्यकाको जुनसुकै स्थानबाट यात्रुले जानुपर्ने गन्तब्य उल्लेख गरेर आग्रह गरेपछि नजिकैको ट्याक्सी यात्रुसम्म आइपुग्ने व्यवस्था गरेका छौं ।’ बुकिङ चार्ज सय रुपैयाँ र यात्रु ट्याक्सीमा चढेपछि सरकारले तय गरेअनुसारको बिल चढ्न शुरु हुनेछ।  मोटरसाइकलजस्तै ट्याक्सीबाट पनि सेवा विस्तार गर्न सेवागाहीले आग्रह गरेपछि शुरु गर्न लागेको कम्पनीले जनाएको छ । पठाओले आफ्ना यात्रु र उनीहरुको सामानको सुरक्षालाई विशेष ध्यान दिइने जनाएको छ । 

ट्याक्सी चालकको सबै विवरण कम्पनीसँग हुने छ । यस्तै यात्रा गर्दा कुनै अप्रिय गतिविधि सवारीभित्र भएको खण्डमा नियन्त्रण गर्न ट्याक्सीको लाइभ लोकेशन ट्र्याकमार्फत निगरानी भइरहने पनि जनाइएको छ । यात्रुका कुनै पनि सामान ट्याक्सीमा छुटेको खण्डमा हराउने समस्या पनि अब हट्ने दाबी पठाओको छ ।
२०७५ कात्तिकबाट काठमाडौंमा सेवा सुरु गरेको पठाओले यात्रुको मन जित्न सकेकै कारण ट्याक्सी सञ्चालनमा ल्याउन सफल भएको कम्पनिले जानकारी दिएको छ । अब हामी यात्रुलाई २४ सैं घण्टा सेवा उपलब्ध गराउने भएका छौं । 
 

प्रतिक्रिया दिनुहोस