छोराछोरीसहित नारायणीमा हामफालेकी युवतीको उद्धार, छोराछोरीको भने मृत्यु - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

छोराछोरीसहित नारायणीमा हामफालेकी युवतीको उद्धार, छोराछोरीको भने मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
Sunrise bank
LBEF
NCH-IPS

काठमाडौं । नाबालक छोराछोरीसहित नारायणी नदीमा हामफालेकी एक युवतीको उद्धार भएको छ ।  तर, छोराछोरीको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट स्थानीय पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्मा साढे दुई वर्षीय  छोरा अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्मासहित नदीमा हाम फालेकी थिइन ।

 स्थानीयवासीले आमाको जिवीतै उद्धार गरेपनि छोराछोरीको भने मृत्युभएको प्रहरीले जनाएको छ । निज विश्वकर्माका श्रीमान  प्रहरीमा रहेको र उनी नवलपरासीमै तालिममा रहेको बताइएको छ । प्रहरीले अहिले सुधा विश्वकर्मलाई नियन्त्रणमा लिई अनुसन्धान गरिहेको छ ।

प्रतिक्रिया दिनुहोस