सुन धनीकाे सुनाैलाे दिन, पुग्याे ताेलाकाे ७० हजार - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

सुन धनीकाे सुनाैलाे दिन, पुग्याे ताेलाकाे ७० हजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
Sunrise bank
सुन धनीकाे सुनाैलाे दिन, पुग्याे ताेलाकाे ७० हजार
LBEF
NCH-IPS

काठमाडौं । सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ७० हजार रुपैयाँ पुगेको छ । बिहीबारको भाउ अहिलेसम्मकै उच्च हो । यसअघि बुधबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेर ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँले बढेर ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, बिहीबार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको छ । 
 

नेपाली बजारको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारका आधारमा निर्धारण हुन्छ । तसर्थ, अन्तर्राष्ट्रिय बजारमा मूल्य चुलिएसँगै नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको हो ।

प्रतिक्रिया दिनुहोस