यहि हो त सिलिन्डर पड्किनुको कारण ? - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

यहि हो त सिलिन्डर पड्किनुको कारण ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
Sunrise bank
यहि हो त सिलिन्डर पड्किनुको कारण ?
LBEF
NCH-IPS

नेपाल एलपी गयास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेको बुझाईमा एलपी ग्यास विस्फोट र आगलागीका घटना जनचेतनाको परिणाम हो । बिधुतको तार सर्ट भएर पनि ग्यास विस्फोट भएका छन् । उनले भने,‘पाइप, रेगुलेटर र सिलिन्डरको कमजोरीजस्ता कारण पनि हुन्छन् ।’

ग्यास क्षेत्रलाई व्यवस्थित बनाउन ‘एलपी ग्यास बोटलिङ प्लान्टका लागि मापदण्ड’ बनाएको थियो । गुणस्तर र मापदण्डमा ग्यास प्लान्टहरुले लापरबाही गर्नाले दुर्घटना निम्तिने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने । 

उद्योगी र व्यावसायीलाई कानुनी दायरामा ल्याउन र उपभोक्तालाई सचेत बनाउन नसक्दा दुर्घटना बढ्दै गएको छ । गुणस्तर विभागका अनुसार सिलिन्डरको आयु करिब ४० वर्ष हुन्छ। सिलिन्डर बनेको १० वर्षमा हाइड्रोस्टाटिक टेस्ट गर्नुपर्छ । त्यसपछि प्रत्येक ५५ वर्षमा यसतो परीक्षण गराइराख्नुपर्छ । तर बजारमा पुगेको सिलिन्डरहरुको त्यस्तो  परीक्षण पास गरेको सुनिश्चितता न सरकार निकायले गरेको छन् न अन्य कसैलै । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस