ललिता निवासमा २० रोपनी जग्गै घूस - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

ललिता निवासमा २० रोपनी जग्गै घूस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
Sunrise bank
ललिता निवासमा २० रोपनी जग्गै घूस
LBEF
NCH-IPS

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बापत लेनदेन भएको खुलेको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरुसित बयान लिइरहेको छ । ती मध्ये अधिकांश तत्कालिन उच्च पदस्थ पदाधिकारीका परिवारका सदस्य एवं नातेदार छन् ।


‘हामीलाई प्राप्त सूचना अनुसार त्यतिबेला सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेवापत करिब २४ रोपनी जग्गा घूसवापत उनीहरुका आफन्त र नातेदारका नाममा सित्तैमा दिइएको थियो,’ भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘हालैको बकसपत्रका नाममा भएको कारोबार हेर्दा २० रोपनीभन्दा बढी जग्गा त्यसरी कारोबार भएको भेटिन्छ ।

अरुका हकमा पनि खोजिरहेका छौं ।’ उपहार पाउनेहरु ८–१० जना भेटिएका छन् भने अरुको खोजी भईरहेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस