महिला सहयात्रा लघुवित्त कम्पनीले करिब डेढ सय प्रतिशत नाफा बढायो - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

महिला सहयात्रा लघुवित्त कम्पनीले करिब डेढ सय प्रतिशत नाफा बढायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
Sunrise bank
महिला सहयात्रा लघुवित्त कम्पनीले करिब डेढ सय प्रतिशत नाफा बढायो
LBEF

काठमाडौं । महिला सहयात्रा लघुवित्त कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा १४१ प्रतिशत बढी  नाफा गरेको छ । कम्पनीले यस अवधिमा २ करोड ७४ लाख ४३ हजार खुद नाफा गरेको छ ।
त्यस्तै कम्पनीको खराब कर्जा संकलन करिब ३९ प्रतिशत बढाएको छ । अघिल्लो आवमा ७२ लाख ६८ हजार खराब कर्जा संकलन गरेको कम्पनीले गत वर्ष  १ करोड १ लाख संकलन गरेको छ । 
१२ करोड १० लाख चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ५७ लाख ७८ हजार रुपैयाँ जम्मा भएको छ । यो रकम अघिल्लो वर्षभन्दा ११९ प्रतिशत बढी हो । अघिल्लो वर्षभन्दा ९३ दशमलव ६१ प्रतिशत बढी  २९ करोड ९४ लाख १९ हजार निक्षेप उठाएको कम्पनीले ५० प्रतिशत बढी  १ अर्ब २१ करोड ७४ लाख ६२ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ५५ प्रतिशत र प्रतिशेयर आम्दानी २२ दशमलव ६८ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस