नेप्सेमा केहि वृद्धि, कारोबार जम्मा पौने ३७ करोड - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike

नेप्सेमा केहि वृद्धि, कारोबार जम्मा पौने ३७ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
Sunrise bank
नेप्सेमा केहि वृद्धि, कारोबार जम्मा पौने ३७ करोड
LBEF
NCH-IPS

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ दशमलव ७५ अंकले बढेर १ हजार २ सय ४८ दशमलव ४८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ८६ अंकले बढेर २ सय ६९ दशलमव ९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७२ कम्पनीको ११ लाख ३८ हजार ६३९ कित्ता शेयर खरिदबिक्री भई ३६ करोड ८६ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी कृषि विकास बैंकको भएको छ । जसको कारोबार आज २ करोड ४५ लाख ९७ हजार रुपैयाँ बराबरको भएको छ । 

यस दिन सर्वा्िधक कमाउनेमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । साथै सर्वा्िधक गुमाउनेमा साञ्जेल जलविद्युत कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९६ प्रतिशतले घटेको छ । 

यस दिन १२ वटा उपपरिसुचकहरुमा विकास बैंक, हाइड्रोपावर र म्युचल फण्ड घटेको छ भने बाँकी सबै समूहहरु बढेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस