पुँजीगत लाभकर समस्या ३ दिन भित्र समाधान गर्न धितोपत्र बोर्डलाई लिखित निर्देशन - Aarthiknews
aarthiknews.com सोमबार, ०२ भदौ २०७६   Monday, 19 August, 2019
 

पुँजीगत लाभकर समस्या ३ दिन भित्र समाधान गर्न धितोपत्र बोर्डलाई लिखित निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
Sunrise bank
पुँजीगत लाभकर समस्या ३ दिन भित्र समाधान गर्न धितोपत्र बोर्डलाई लिखित निर्देशन
LBEF
NCH-IPS

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई भारित औसत विधिबाट पुँजीगत लाभकर गणना विधिको समस्या ३ दिनभित्र समाधान गर्न लिखित निर्देशन दिएको छ । अर्थ मन्त्रालयले मंगलबार बोर्डलाई यस्तो निर्देशन दिएको हो ।

मंगलबार अर्थ मन्त्रालयले धितोपत्र बोर्ड सहितका निकायलाई बोलाएर छलफल समेत गरेको थियो । अर्थ मन्त्रालयको निर्देशनपछि अब बोर्ड यो समस्याको समाधान निकाल्न बाध्य हुने भएको छ । यसअघि बोर्डले कर निर्धारण सम्बन्धी काम आफ्नो नभएको भन्दै पन्छिंदै आएको थियो । 

यसअघि अर्थ मन्त्रालयमा धितोपत्र बोर्ड, नेप्से, सीडीएस तथा लगानीकर्ताहरुबीच भएको संयुक्त बैठकमा पनि धितोपत्र बोर्डले यो समस्या समाधान गर्ने सहमति भएको थियो । त्यतिबेला बोर्डको सञ्चालक समिति बैठक बसेर समस्या समाधान गरिने उल्लेख गरिएको थियो । तर त्यसो सहमति कार्यान्वयन भएपछि अर्थ मन्त्रलायले बोर्डलाई पुनः लिखित आदेश दिएको हो । 

२०५८ देखि २०७६ असार मसान्तसम्मको सेयर कारोबारको औसत मूल्य निकाली यसैलाई लागत मूल्य कायम गर्ने सहमति भएको हो । यसअघि साउन ८ गते धितोपत्र बोर्ड, नेप्से, सीडीएसी, ब्रोकर र लगानीकर्ताका संगठनबीच यही विधिलाई आधार मान्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस