सुविसुको बालुवाटारस्थित कन्ट्रोल कार्यालयमा भीषण आगलागी, सेवा अवरुद्ध - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

सुविसुको बालुवाटारस्थित कन्ट्रोल कार्यालयमा भीषण आगलागी, सेवा अवरुद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
Sunrise bank
सुविसुको बालुवाटारस्थित कन्ट्रोल कार्यालयमा भीषण आगलागी, सेवा अवरुद्ध
LBEF
NCH-IPS

 काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सुविसुको  बालुवाटरस्थित केन्द्रीय कार्यालयकाे कन्ट्रल रूममा भीषण आगलागी भएको छ । उक्त आगो के कसरी लाग्यो खुलेको छैन । आगो नियन्त्रण गर्न प्रहरी र उपत्यकाका दमकल परिचालित भएका छन् । 

मुख्य कन्ट्रोल भवनमा आगलागी भएका कारण कारण सुबिसुको सेवा अवरुद्ध भएको छ । आगलागी विद्युत् सर्ट भएर हो वा अन्य कारणले भएर लागेको हो अखुल्न सकेको छैन । आगलागीबाट करोडौं रुपैयाँँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र जुद्ध बारुण यन्त्रका कर्मचारीलाई झण्डै २ घण्टादेखि आगो नियन्त्रणमा लिने प्रयास गरेका छन् । सुविसुमा आगो लागेकाले नियन्त्रणमा दमकललगायतका साधान प्रयोग गर्नुपर्ने भएकाले अहिले त्यस क्षेत्रको यातायात अवरुद्ध भएको  छ ।

प्रतिक्रिया दिनुहोस