aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

प्रधानाध्यापकसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ जेठ २०७९
प्रधानाध्यापकसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
NIBL

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रध्यानाध्यापकसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले रौतहटको विश्वेश्वर प्रसाद कोईराला आदर्श मावि जोकाहा घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झा विरुद्ध मुद्दा दायर गरेको हो ।

प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग तीन लाख घुस  माग गरिरहेको भन्ने सूचना आयोगमा परेको थियो । उक्त उजुरी निवेदनका आधारमा आयोगको टोलीले प्रधानाध्यापक ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नका लागि घुस माग गरी दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई पैसा लिन लगाएबमोजिम तीन लाख घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । प्रधानाध्यापक ठाकुरविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार तीन लाख बिगोसहित विशेष अदालत काठमाडौंका मुद्दा दायर गरिएको छ । 

प्रधानाध्यापक ठाकुरले लिन लगाएबमोजिम झा उक्त घुस रकम लिनेदिने कार्यमा प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन आएको आयोगको भनाई छ । झा विरुद्ध पनि भ्रष्टाचार निवारण ऐन तीन लाख माग दाबीसहित आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस