पेट्रोल चोर्ने टयाङ्करका दैब दाहिना रहेनन् अब - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

पेट्रोल चोर्ने टयाङ्करका दैब दाहिना रहेनन् अब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
Sunrise bank
पेट्रोल चोर्ने टयाङ्करका दैब दाहिना रहेनन् अब
LBEF
NCH-IPS

काठमाडौँ । आपूर्तिका क्रममा पेट्रोल चोरी गर्ने प्रवृतिमा कमी नआएपछि सरकार कडा रुपमा प्रस्तुत भएको छ ।

एकलताला प्रणाली तोडफोड गरी पेट्रोलचोरी गर्ने ट्याङकरलाई कब्जामा लिई कारबाही प्रक्रिया अघि बढाइएको छ ।

थानकोट डिपोले कारबाहीका लागि नेपाल आयल निगमको आपूर्ति तथा वितरण विभागलाई सिफारीस गरेको छ । यस्ता ढुवानी कर्ताको सम्झौता रद्धदेखि निलम्बनसम्मको कारवाही हुने निगमले जनाएको छ ।

निगमको तेल बोक्ने ट्यांकरबाट अत्याधुनिक लकिङ प्रणाली तोड्दै ६ सय लिटर पेट्रोल चोरी भएको थियो । थानकोट डिपोमा भण्डारण गर्नेक्रममा चेकजाँच गर्दा चोरी भएको पत्ता लागेको हो ।

भारतको बरौनीबाट थानकोट डिपोमा २० हजार लिटर पेट्रोल ल्याएको ना ४ ख ५६२६ नम्बरको ट्याङ्करबाट ६०० लिटर पेट्रोल चोरी भएको डिपो प्रमुख भरत रेग्मीले जानकारी दिए । डिपोले साउन १४ गते पेट्रोल चोरी भएको पत्ता लगाएको थियो ।

निगमले ट्याङ्र नियन्त्रणमा लिएको छ । रेग्मीकाअनुसार डिपो पाइपको वरिपरि सानो प्वाल हुनुपर्ने थियो तर प्वाल भएको पाइपमा अर्को पाइप राखेर चालकले प्वाल नै नदेखिने बनाइ दिएका थिए ।

कारबाहीको प्रक्रिया अघि बढेको र नियमाबली अनुसार कारबाही हुने निगमले जनाएको छ ।


यसअघि गत माघमा इन्डियन आयल कर्पोरेशनबाट नेपाल आयल निगमको विराटनगर डिपोमा आएको ट्याङ्करबाट २५ सय लिटर डिजेल चोरी भएको थियो ।

चोरी तथा चुहावट नियन्त्रणका लागि निगमले एकलताला प्रणाली लागु गरेको हो । तर ताला ताडेर तेलचोरी हुने क्रम भने रोकिएको छैन ।
थानकोट डिपोका अनुसार लकिङलाई जबरजस्ती खोल्न प्रयास गरिएको छ, जुन सम्भव छैन, थोरै बदमासी गर्न खोज्यो भने पनि तालाबाटै थाहा हुन्छ ।

नियमित चेकजाँच गरिरहेको तथा लकिङ सिस्टमकै कारण चोरी पत्ता लागेको हो, यसमा जति बदमासी गरे पनि छल्न सक्ने सम्भावना नहुने डिपोको भनाई छ ।

प्रतिक्रिया दिनुहोस