aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ड्रिम्स ताज बिस्ट्रोमा १० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
nabil bank
बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ड्रिम्स ताज बिस्ट्रोमा १० प्रतिशत छुट
Global IME
LBF

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबिच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्ड बाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा  ७ प्रतिशत तथा १० प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुल ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरी जीतपुर, बारामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ अधिकतम् १० प्रतिशतसम्मको छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीले जितपुरको बाराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।     

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस