aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

एभरेष्ट बैंकका ग्राहकले सहारा फिजियोथेरापीमा विशेष छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
nabil bank
एभरेष्ट बैंकका ग्राहकले सहारा फिजियोथेरापीमा विशेष छुट पाउने
Global IME
LBF

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरुले महाराजगञ्जको सहारा फिजियोथेरापी अस्पताल विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच अस्पतालले कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको हो ।  

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हरिकुमार लम्सालले सो  सम्झौताको एमओयू आदानप्रदान गरेका छन् । 

कार्यक्रममा डा. लम्सालले बैंकका सबै कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई अस्पतालले विभिन्न सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट दिने बताए ।
 

प्रतिक्रिया दिनुहोस