aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

दश कम्पनीको पुरानो नगद लाभांश बुझिलिन नेप्सेको अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
nabil bank
दश कम्पनीको पुरानो नगद लाभांश बुझिलिन नेप्सेको अनुरोध
Global IME
LBF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दश कम्पनीहरूको नगद लाभांश बुझिलिन अनुरोध गरेको छ । नेप्सेले गौरिशंकर फाइनान्स, ज्वाइन्ट शेयर इन्भेष्टमेन्ट कम्पनी, लायन सेक्यूरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी, नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीको पुरानो नगद लाभांश बुझिलिन अनुरोध गरेको हो । 

यस्तै, निखिल सेक्यूरिटिज, ओम सेक्यूरिटिज एण्ड अलाइड सर्भिस, शर्मा शेयर मार्केट, शिव शक्ति स्टक एण्ड ईन्भेष्टमेन्ट, युनाइटेड स्टक एण्ड सेक्यूरिटिज र यती सेक्यूरिटिजको पुरानो नगद लाभांश बुझिलिन नेप्सेले अनुरोध गरेको हो । 

यी कम्पनीहरुको आर्थिक वर्ष ०७२/७३ सम्मको वार्षिक साधारण सभाबाट पारित नगद लाभांश केहि शेयरधनीहरूले बुझिलिन बाँकी भएकाले नेप्सेले एक महिनाभित्र बुझिलिन भनेको हो । सम्बन्धीत शेयरधनीहरुले नगद लाभांशका लागि नेप्सेको यूएनआई शान्ति मार्ग काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस