aarthiknews.com शुक्रबार, १७ असार २०७९   Friday, 01 July, 2022
 
Blue Diamond

यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० अब नेपााली बजारमा, यस्ता छन् विशेषता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
nabil bank
Global IME
LBF

काठमाडौं । यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० नेपाली बजारमा सार्वजनिक गरिएको छ । उक्त बाइक एमएडब्लु इन्टरप्राइजेजले आजबाट बिक्री वितरण शुरु गरेको हो । 

नेपालका लागि यामाहाको आधिकारिक एमएडब्लु इन्टरप्राइजेजले भृकुटीमण्डप स्थित कम्पनीद्धारा बैशाख १५ देखि २१ गतेसम्म आयोजित महाएक्सचेञ्ज मेलाको अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो । 

कम्पनीका अनुसार एफ जेड एक्स १५० यामाहाको पहिलो निपो रेट्रो बाइक हो । जुन एलसिडी मिटर र ब्लुटुथ कनेक्ट जस्ता स्मार्ट सुविधा र क्लासिक डिजाइन सहित तयार पारिएको छ । ‘राइड फ्री’ अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरि स्वतन्त्र सहज र आरामदायी यात्रा गर्न रुचाउने बाइक प्रेमिहरुलाई लक्षितगरि तयार पारिएको कम्पनीले जनाएको छ । 

यामाहाका अन्य मोटरसाइकलहरु भन्दा केहि फरक प्रयोजनका लागि तयार पारिएको यस मोटरसाइकलको हरेक डिटेल चालकलाई विशेष ध्यानमा राखि तयार पारिएको कम्पनीको दाबी छ । उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको टु लेबल सिट, बलियो ब्लक प्याट्रन टायर, फ्रण्ट फोर बुटका साथ स्थर टेलिस्कोपी सस्पेन्सन र ब्लुटुथ कनेन्ट जस्ता विशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाईएको यामाहाका नेपालका सिईओ राजु क्षेत्रीले बताए । साथै डिआरएलका साथ वाई फङसनल एलईडी हेडलाइट र ओभल रोपको इलईडी रिङ टेललाइटले बाइकको भिजुअललाई थप आकर्षक प्रदान गरेको क्षेत्रीले उल्लेख गरे । 
 

प्रतिक्रिया दिनुहोस