aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

साढे चार लाखसहित जुवातास खेलिरहेका १२ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
nabil bank
साढे चार लाखसहित जुवातास खेलिरहेका १२ जना पक्राउ
Global IME
LBF

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ६ सूर्यविनायक गणेश मन्दिर नजिक बस्ने ४४ वर्षीय रामजी अवालको सूर्यविनायक होमस्टे रिसोर्टमा तास खेलिरहेको अवस्थामा अवाल समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त रिसोर्टमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९७ हजार ५ सय रूपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

त्यस्तै, झापाको बिर्तामोड नगरपालिका ५ बस्ने ३८ वर्षीय डाल कुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाम सूर्यदय नगरपालिका १० बस्ने ३० वर्षीय दिल कुमार श्रेष्ठ लगायत ५ जनालाई मंमगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्क र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७४ हजार ७ सय ३५ रूपैयाँ, ३ बुक तास र कौडा १५ थान सहित फेला पारी पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।      
 

प्रतिक्रिया दिनुहोस