aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
nabil bank
प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते
Global IME
LBF

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेका हुन् । 

उनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त दिन अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन आह्वान सम्बन्धि सूचना उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस