aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

कति छ राष्ट्र बैंकको सम्पत्ति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
nabil bank
कति छ राष्ट्र बैंकको सम्पत्ति ?
Global IME
LBF

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वैशाख महिनाको मासिक वित्तीय अवस्थाको विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार नेपाल राष्ट्र बैंकसंग बैशाख महिनाको ३१ गतेसम्म १५ खर्ब ८१ अर्ब ६२ करोड ८९ लाख २८ हजार ६२८ रुपैयाँ जम्मा सम्पत्ति रहेको छ । त्यस्तो सम्पति गत महिनाको सोहि अवधिसम्म १५ खर्ब ८७  अर्ब ८८ करोड ९९ लाख ६६ हजार १४० रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैशाख महिनाको ३१ गतेसम्म राष्ट्र बैंकमा ४ खर्ब ९५ अर्ब ७८ करोड ३ लाख ३ हजार ३४७ रुपैयाँ नगद तथा नगद सामान रहेको छ भने व्यापारिक सम्पत्ति अन्तर्गत २ अर्ब ४८ करोड २१ लाख ३५ हजार ९२५ रुपैयाँ रहेको छ । 

गत बैशाख महिनाको ३१ गतेसम्म राष्ट्र बैंकले ३ खर्ब २६ अर्ब ८३ करोड ७ लाख ७२ हजार २८१ रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई ऋण तथा सापटी दिएको छ । त्यस्तै, यस अवधिमा ८८ अर्ब १६ करोड ९४ लाख १९ हजार ९५७ रुपैयाँ बराबरको सुन तथा चाँदी रहेको छ ।  


 

प्रतिक्रिया दिनुहोस